भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ? – Nepal Press

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ?

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले बताएको छ ।

अगस्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६.८० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२.४५ भाउ घटेर आएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आएको तर पत्र सार्वजनिक भई नसकेको बताए ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १६.५६ रुपैयाँ मूल्य घटाएको थियो । तर निगमले घाटा धेरै भएको भन्दै पुरानै मूल्य कायम गरेको थियो । यस पटक पनि मूल्य घटाउने अवस्था नरहेको निगम स्रोतले बतायो ।

विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य घटेर आएले आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपालमा नयाँ मूल्यसूची पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *