अञ्जन विष्टको आग्रह- अभाव नै अभावमा गुज्रिरहेका खेलाडीहरुको मनोबल नगिराइदिनु – Nepal Press

अञ्जन विष्टको आग्रह- अभाव नै अभावमा गुज्रिरहेका खेलाडीहरुको मनोबल नगिराइदिनु

काठमाडौं । आइतबार साँझ भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न यू-२० साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टिमसँग ८–० गोलको नतिजामा लज्जास्पद रूपमा पराजित भयो ।

त्यसपछि सामाजिक सञ्जालमार्फत नेपालका विभिन्न सिनियर खेलाडी तथा पूर्व खेलाडीहरूले सामाजिक सञ्जालमार्फत आफ्ना विचारहरू व्यक्त गरिरहेका छन् ।

यसै क्रममा नेपाली राष्ट्रिय फुटबलर अञ्जन विष्टले पनि आफ्ना विचारहरू राख्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

उनले खेलमा हार जित स्वाभाविक हुने गरेको साथै समर्थकहरूलाई अभावमा गुज्रिएको खेलाडीहरूलाई सके साथ र हौसला दिनु नसके मनोबल नगिराइदिनु भनी आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा यस्ताे लेखेका छन् :

उच्च प्रदर्शन र उच्च मनोबलका साथ आफ्नो कला कौशल प्रदर्शन गरेका यु–२० टिमलाई बधाई तथा शुभकामना । भनिन्छ नि असफलता नै सफलताको प्रतीक हो, खेल हो कहिले जित कहिले हार । कसैको पनि सधैँ जित मात्र हुन्छ भन्ने कुनै शास्त्रमा या वेदमा उल्लेख भएको पाइँदैन । केही हार बाट पनि धेरै कुरा र अनुभव सँगाल्न पाउनु पनि जीवनको अर्को सफलता को कसी हो । कहिले हार नमान्नु (नेभर गिभ अप) राम्रो प्रदर्शन गर्दागर्दै पनि कहिले काहीँ हार बेहोर्नु पर्ने हुन्छ, यस कुरालाई सकारात्मक ढङ्गबाट सोचेर अगाडि बढ्नु नै जीवनको सफलताको अर्को पाटो हो । कोसिस गर्ने हो, एक दिन अवश्य सफलता को शिखर चुम्न, देशको गौरव बढाउन, र सम्पूर्ण नेपाली फुटबललाई माया गर्नुहुने नेपाली फुटबल फ्यानहरुको मुहारमा कान्ति ल्याउन, अहोरात्र मेहनत गरी अगाडि बढ्नु पर्छ ! नेपाली फुटबललाई हृदयदेखि नै माया गर्नु हुने सम्पूर्ण फ्यानहरु, सकिन्छ भने अभाव नै अभाव मा गुज्रिरहेको खेलाडीहरु लाई साथ दियर हौसला दिनु होला, सकिन्न भने प्लिज मनोबल नगिराइदिनु होला ।’ अञ्जनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर