मेस्सी, नेइमार र रामोसको गोलमा पीएसजीलाई सुपर कपकाे उपाधि
नेपाल प्रेस
२०७९ साउन १६ गते ८:४०
काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सी, नेइमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ ।
आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्यो ।
पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेइमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक एक गोल गरे ।
यस संगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर