नीता ढुंगानालाई एपेन्डिसाइटिस, मेडिसिटीमा भर्ना भइन् – Nepal Press

नीता ढुंगानालाई एपेन्डिसाइटिस, मेडिसिटीमा भर्ना भइन्

काठमाडौं । भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । पारिवारिक स्रोतका अनुसार एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

आज दिउँसो नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम थियो । तर, जाँदै गर्दा बाटोमा अचानक पेट दुख्न थालेपछि उनी अस्पतालतिर लागेकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।

नीताको भोलि बिहान अपरेसन हुने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *