महिला यूरो २०२२ : घरेलु मैदानमा जर्मनीलाई हराउँदै इतिहास रच्ने लक्ष्यमा इङ्गल्यान्ड – Nepal Press

महिला यूरो २०२२ : घरेलु मैदानमा जर्मनीलाई हराउँदै इतिहास रच्ने लक्ष्यमा इङ्गल्यान्ड

काठमाडौं । महिला यूरो च्याम्पियनसिप २०२२ को फाइनलमा आज आयोजक इङ्गल्यान्ड र जर्मनी भिड्दैछन् ।

वेम्ब्ली स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुनेछ । जर्मनीलाई फाइनलमा पराजित गर्दै इङल्यान्ड इतिहास रच्ने लक्ष्यमा छ ।

आजको खेलमा जर्मनीलाई पराजित गर्दै इङ्गल्यान्डले जिते इङलिस फुटबलको इतिहासमा सन् १९६६ पछिको पहिलो मूख्य उपाधि हुनेछ ।

त्यस्तै, इङ्गल्यान्ड महिला टिमको पहिलो मुख्य उपाधि हुनेछ । सन् १९६६ मा पुरुष टिमले विश्वकप जिते यता इङ्गल्यान्डले कुनै मुख्य पनि उपाधि जितेको छैन ।

यो जितले घरेलु टिमको नाम राख्नुका साथै, इङ्गल्यान्ड महिला फुटबल टिमले नयाँ उचाइ पाउनले अनुमान गर्न सकिन्छ ।

तर सबैभन्दा धेरै आठ पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्न त्यति सहज भने हुने छैन ।

जर्मनीले सन् २००९ को युरो कप फाइनलमा इङ्गल्यान्डलाई ६–२ गोलको नतिजामा पराजित गर्दै उपाधि उचालेको थियो ।

दुवै टिमले फाइनल पुग्न आफ्नो स्तर के हो यसअघि नै प्रमाणित गरिसकेका छन् । प्रतियोगितामा एकदमै बलियो सावित भएका दुवै टिमले फाइनल सम्म पुग्दा एक/एक गोल मात्रै खाएका छन् ।

इङ्गल्यान्डले सेमिफाइनलमा फिफा वरियताको दोस्रो स्थानमा रहेको स्विडेनविरुद्ध ४–० गोलको नतिजामा उत्कृष्ट जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । यस्तै, जर्मनीले फ्रान्सलाई २–१ को नतिजामा हराएको थियो ।

इङ्गल्यान्ड र जर्मनीे हालसम्म २७ पटक आमने सामने भएका छन् । जसमा इङ्गल्यान्डले २१ भन्दा बढी खेल हारेको छ । भने दुई खेलमा जित निकालेको छ । दुईमध्ये एक जित गत फ्रेबु्रअरीमा निकालेको हो । युरोपियन च्याम्पियनसिपमा यसअघिका सिजनमा जर्मनीविरुद्ध खेलेका चारवटै खेलमा इङल्यान्ड पराजित भएको छ ।

‘यस्तै उत्कृष्ट खेलहरुका लागि हामी बाँचेका छौं । हामी पछाडीको इतिहास एउटा दन्ते कथा हो । मलाई लाग्छ प्रतियोगिताका उत्कृष्ट दुई टिम फाइनल पुगेका छौं,’ इङ्गल्यान्डकी कप्तान लेआ विलियमसनले प्रि–म्याच कन्फरेन्समा भनिन् ।

‘जसलाई पनि घरेलु मैदानको फाइदा हुन्छ । यो हाम्रो राष्टिय रंगशाला हो त्यसैले यो मैदानसँग हामी परिचित छौं । हामीले अहिलेसम्म दर्शकबाट पाएको समर्थन अविश्वसनीय छ । जुन सँधै हाम्रो पक्षमा छ । र, त्यसको फाइदा पक्कै हामी उठाउनेछौं,’ विलियमसनले भनिन् ।

यद्यपि, खेलमा जर्मनीलाई इङ्गल्यान्डको महिला होस या पुरुष टिम दुवैको ‘पार्टी’ खल्लो बनाउने बानी परेको छ ।

‘वेम्ब्ली फाइनल खेलकु सुरुवातमा इङल्यान्डको रहेपनि अन्त्यमा पक्कै पनि हाम्रो हुनेछ । हामी हाम्रो खेल खेल्न चाहान्छौं, साहसी, आक्रामक आफ्नो सत प्रतिशत दिएर एउटा टिमको रुपमा खेल्न चाहान्छौं । यहासम्म पुग्न हामीले धेरै मेहेनत गरेका छौं,’ जर्मनीकी मुख्य प्रशिक्षक मार्टिना भोस टेक्लनवर्गले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर