बार्सिलोनाको सहज जित – Nepal Press

बार्सिलोनाको सहज जित

काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ । अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे ।

बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो ।

यसअघि अमेरिकन क्कब इन्टर मियामी र स्पेनिस प्रतिद्वन्दी रियल म्याड्रिडलाई बार्सिलोनाले पराजित गर्दा अमेरिकन क्लब युई ओलोट र सिरी ए को युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर