नेपाली कर्मचारीहरूको प्रथम कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक – Nepal Press

नेपाली कर्मचारीहरूको प्रथम कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक

इटहरी । नेपाली निजामती कर्मचारीहरूको काव्य ग्रन्थ इटहरीमा सार्वजनिक भएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपालको सुनसरी जिल्ला कार्यसमितिले प्रकाशन गरेको १२३ पूर्व र वर्तमान कर्मचारीहरूको ‘राष्ट्रसेवक काव्यकुन्ज’ को लोकार्पण भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा गीतकार राजन राईले ग्रन्थ लोकार्पण गरेका हुन् ।

कार्यक्रमका वक्ता कवि मनु मन्जिलले कर्मचारीहरूको साझा काव्य ग्रन्थ आफूले पहिलो पटक यही देखेको बताए ।

सल्लाहकार प्रकाश राईले यो संग्रहले नेपाली कविता इतिहासमा नयाँ अध्याय लेखेको र विद्यार्थीहरूलाई शोध गर्न संग्रह लायक हुने बताए ।

१२३ कवि समेटिएकोमा पूर्व कर्मचारी सत्यमोहन जोशी, दिनेश अधिकारी देखि वर्तमान कर्मचारीहरूको कविताहरू संग्रहमा अटाएका छन् । कार्यक्रममा संग्रहमा अटाएका ६ कवि र अन्य ६ अतिथि कविले समेत कविता सुनाएका थिए ।

प्रतिक्रिया

One thought on “नेपाली कर्मचारीहरूको प्रथम कविता संग्रह ‘राष्ट्रसेवक काव्यकुन्ज’ सार्वजनिक

  1. अनुकरणीय कार्यको सुरुवात भएको छ सुनसरीबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *