कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता – Nepal Press

कोउन्डेले गरे बार्सिलोनासँग पाँच वर्षको सम्झौता

काठमाडौं ।फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ । कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन् । उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन् ।

२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन् । २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए ।

कोउन्डेलाई यश अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर