सेयर बजारमा १२ अंकको वृद्धि – Nepal Press

सेयर बजारमा १२ अंकको वृद्धि

काठमाडौं । शुक्रबार पनि सेयर बजारमा वृद्धि देखिएको छ । १२.९२ अंकले बढेको बजार २१४०.३९ विन्दुमा अडिएको छ ।

२१५ कम्पनी सामेल भएको आजको बजारमा २ अर्ब १९ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । योसँगै समग्र बजार पुँजीकरण ३० खर्ब रूपैयाँ पुगेको छ ।

आज जलविद्युत, निर्जीवन बिमा, म्यूचुअल फण्ड समुहमा गिरावट आएको छ भने बाँकी सबै समुह उकालो लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *