लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्दै धितोपत्र बोर्ड – Nepal Press

लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई सम्भावित क्षतिबाट बचाउनको लागि कोष सञ्चालन गर्ने घोषणा गरेको छ ।

बोर्डले बिहीबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

बोर्ड अध्यक्ष रमेश हमालले यसको लागि चालू आर्थिक वर्षमा कानूनी आधार तयार पार्ने बताए । यस्तै साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमइज प्लाटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्योगलाई पुँजी बजारमा आवद्ध गर्ने बोर्डको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *