श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक – Nepal Press

श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं । यू-२० साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा मालदिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गरेका हुन् । जसमा गोलरक्षक पहिलो खेलकै ईश्वर गुरुङ छन् । यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्दै ६ अंक जोड्ने रणनीति छ। सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलका लागि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।

नेपाली टिम:

आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दीप कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर