नेप्से परिसूचक २१ सय नाघ्याे, लगानीकर्ता उत्साहित – Nepal Press

नेप्से परिसूचक २१ सय नाघ्याे, लगानीकर्ता उत्साहित

काठमाडौं । मंगलबार करेक्सनमा गएको सेयर बजार वुधबार भने हरियाली भएको छ ।

नेप्से परिसुचक २३.८३ विन्दुले बढेर २१११.९९ विन्दुमा आइपुगेको छ । ३ अर्ब भन्दा बढी सेयर कारोबार भएको आजको बजारमा २२७ कम्पनी सामेल भएका थिए । ट्रेडिङ समुहमा बाहेक सबै समुहमा बढोत्तरी छ । ट्रेडिङ समुह भने १२.०४ विन्दुले ओरालो लागेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त संस्था र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको शिवम सिमेन्ट लगातार कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

नेप्से परिसूचक २१ सय विन्दुमा उक्लिएसँगै लगानीकर्ता उत्साहित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *