क्षमतै नहेरी बैंकहरुले मनपरी कर्जा विस्तार गर्दा लगानीयोग्य रकम अभाव- राष्ट्र बैंक – Nepal Press

क्षमतै नहेरी बैंकहरुले मनपरी कर्जा विस्तार गर्दा लगानीयोग्य रकम अभाव- राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले कर्जा विस्तारमा मनपरी गर्दा अहिले लगानीयोग्य रकम अभाव भएको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकले बैंक सुपरिभिजन रिपोर्ट सार्वजनिक गर्दै बैंकहरुको ऋण विस्तारको आक्रामक शैलीमाथि प्रश्न गरेको हो ।

जुन उद्देश्यका लागि ऋण दिइएको थियो, त्यसमा प्रयोग नभएको केन्द्रीय बैंकले औंल्याएको छ । कोभिड १९ महामारीका बेला बैंकहरुबाट प्रवाह भएको कर्जा तोकिएको क्षेत्रमा प्रयोग नभएर अन्य ऋण तथा साँवा-ब्याज भुक्तानीमा प्रयोग भएको राष्ट्र बैंकको प्रतिवेदन उल्लेख छ ।

ऋण तिर्नसक्ने क्षमतासमेत नहेरी बैंकहरुले ऋण दिएका छन् । कर्जा विस्तारले उत्पादनभन्दा अनावश्यक वस्तुको आयात र उपभोगमा बढी खर्च भएको राष्ट्र बैंकको ठहर छ ।

दिगो अर्थतन्त्र निर्माण अहिलेको आवाश्यकता भएकाले वित्तीय प्रणाली सन्तुलित बनाउनुपर्ने भएको छ । केन्द्रीय बैंकले कोभिड १९ को प्रभाव न्यूनीकरण गर्न त्यतिवेला बैंक तथा वित्तीय संस्थामार्फत विभिन्न खालका सहुलियत दिएको थियो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कुल गार्हस्थ उत्पादनभन्दा कर्जा विस्तारको आकार ठूलो भएको भन्दै त्यसलाई साइजमा ल्याउन कर्जा विस्तारको लक्ष्य घटाएको छ । चालु आर्थिक वर्ष १२.५ प्रतिशतसम्म कर्जा विस्तार हुने मौद्रिक नीतिमा उल्लेख छ ।

कर्जा विस्तार कम गर्न विभिन्न खालका नीतिगत दरहरुमा वृद्धि गरिएको छ । पछिल्लो तथ्यांकअनुसार अहिले कुल निक्षेप ५० खर्बभन्दा बढी छ । कर्जा ४६ खर्बभन्दा बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *