महिला यूरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा – Nepal Press

महिला यूरो: स्विडेनलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई ४-० गोलको नतिजामा पराजित गर्दै आयोजक इङल्यान्ड महिला य”रो च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गरेको छ ।

मंगलबार राति ब्रमल लेन स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा स्विडेनविरूद्ध जित निकालेसँगै प्रतियोगितामा अपराजित रहँदै इङल्यान्ड फाईनल पुगेको हो ।

इङल्यान्डको जितमा वेथ मेड, लुसि ब्रोन्ज, एलिजा रूसो र फ्रान कार्विले गोल गरे ।सेमिफाइनल गोलसँगै वेथ मेडले कुल ६गोलसँगै आफुलाई गोल्डेन बुटको दावेदारि बनाएकी छिन् । उनी महिला यूरो २०२२ कि सर्वाधिक गोल कर्ता हुन् ।

यस सँगै इङल्यान्ड तेस्रो पटक महिला युरोको फाईनल पुगेको छ । अघिल्लो सिजन पनि फाइनल पुगेको थियो तर नेदरल्यान्डसँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको थियो ।

आज राति हुने फ्रान्स र जर्मनीबीचको दोस्रो सेमिफाइनल खेलको विजेताले इङल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर