यू-२० साफ च्याम्पियनसिप फुटबलमा मालदिभ्सविरुद्ध नेपालको शानदार प्रदर्शन – Nepal Press

यू-२० साफ च्याम्पियनसिप फुटबलमा मालदिभ्सविरुद्ध नेपालको शानदार प्रदर्शन

काठमाडौं । भारतमा जारी यू-२० साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा अहिले मालदिभ्ससँग खेलिरहेको नेपालले शानदार प्रदर्शन गरिरहेको छ ।

भुवनेश्वरमा भइरहेको खेलको दोस्रो हाफ जारी रहँदा नेपाल ३-० गोलले अगाडि छ । नेपालका दीपेश गुरुङ, सुगम दुवाल र क्रितिश रत्न चुन्जुले एक एक गोल गरे ।

दीपेशले ४१ औँ मिनेटमा डी बक्सबाहिरबाट शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सुवालले ५८ औँ मिनेटमा अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा क्रितिशले पेनाल्टीमा गोल गर्दै अग्रता बढाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर