पीएसजीको फराकिलो जितमा नेमार, मेस्सी र एमबाप्पेको गोल – Nepal Press

पीएसजीको फराकिलो जितमा नेमार, मेस्सी र एमबाप्पेको गोल

टोकियो। प्रि सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको पेरिस सेन्ट जर्मन(पीएसजीले सोमबार भएको मैत्रीपूर्ण खेलमा फराकिलो जित हात पारेको छ । पीएसजीले गाम्बा ओसाकालाई ६-२ गोलले हरायो ।

पीएसजीको जितमा नेमारले दुई तथा लियोनल मेस्सी र केलियन एमबाप्पेले एक एक गोल गरे । पाब्लो सराबिया र नुनो मेन्डिसले पनि गोल गरेका थिए ।

नेमारले एकसहित एमबाप्पेले पेनाल्टीमा गोल गरेका हुन् ।

जापान भ्रमणका क्रममा पीएसजीले लगातार तेस्रो जित हात पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर