तत्काल फुटबल प्रतियोगिता नभए विद्रोह गर्ने जगजितको चेतावनी – Nepal Press

तत्काल फुटबल प्रतियोगिता नभए विद्रोह गर्ने जगजितको चेतावनी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी जगजित श्रेष्ठले घरेलु प्रतियोगिताहरू आयोजना नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले अबको केही हप्ताभित्र कुनै प्रतियोगिता नभए आफूले हरेक दिन त्यसको विरुद्ध आवाज उठाउने बताएका छन् । उनले यसमा आफूलाई साथ दिन पनि अपिल गरेका छन् ।

जगजितले सामाजिक सञ्जालमार्फत प्रतियोगिता नभएकोमा खेलाडी, प्रशिक्षक र रेफ्रीले किन आवाज नउठाएको भन्दै प्रश्न समेत गरेका छन् ।

‘वर्षमा ३ महिना लिग खेलेर, ९ महिना बेरोजगार हुँदा पनि।। हामी खेलाडी, रेफ्री र प्रशिक्षक किन आवाज उठाउदैनौं रु यदी अबको केही हप्तामा पनि कुनै प्रतियोगिता हुने छाट्काट भएन भने त्यसको विरुद्ध म हरेक दिन आवाज उठाउनेछु । सक्नुहुन्छ भने तपाईहरु मलाई साथ दिनुहोला । ,’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

जगजितले गएको सिजन त्रिभुवन आर्मी फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर