साफ यू–२० पुरुष फुटबल आजबाट, पहिलो दिन माल्दिभ्सको सामना गर्दै नेपाल – Nepal Press

साफ यू–२० पुरुष फुटबल आजबाट, पहिलो दिन माल्दिभ्सको सामना गर्दै नेपाल

काठमाडौं । साफ यू–२० च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगिता सोमबारबाट हुने भएको छ ।

च्याम्पियनसपीमा सहभागिताका लागि भारतको भुवनेश्वर पुगेका नेपाली टोलीले कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार सोमबार ४ः१५ बजे सुरु हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुवातको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ । माल्दिभ्ससँगको खेल अघि प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका कप्तान आयुष घलानले खेलका लागि धेरै मेहनत गरेको बताए । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको कारण प्रतियोगिताका लागि उत्कृष्ट टिम बनाएको बताए ।

माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली टोलीको खेल कस्तो छ भनेर आफुलाई थाहा नभएको जनाए । च्याम्पियनसीपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर