राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा – Nepal Press

राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ–एन्फाले सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी थापालाई दिएको हो ।

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यसमेत रहेका थापासँग यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गरेको अनुभव छ । प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुने छ ।

नेपालले हालसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर