नाफामा एनआईसीलाई ग्लोबल आईएमई बैंकले उछिन्यो, कसको कति ? – Nepal Press

नाफामा एनआईसीलाई ग्लोबल आईएमई बैंकले उछिन्यो, कसको कति ?

काठमाडौं । बैंकहरूले वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

बिहीबार मात्र एनआईसी एशिया बैंकले साढे ४ अर्ब बढी नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । आज एनआईसीलाई पछि पार्दै ग्लोबल आईएमई बैंकले ५ अर्ब रूपैयाभन्दा बढी नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस अवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रूपैयाँ पुगेको छ । ग्लोबल आईएमई प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *