गुराँस लाइफले एकैदिनमा दियो २६ लाखको मृत्यु दावी भुक्तानी – Nepal Press

गुराँस लाइफले एकैदिनमा दियो २६ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकैदिनमा दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपीनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका- १ बस्ने शेष अनसारुल हकको मृत्यु दावीवापतको रकम उनको इच्छाइएको व्यक्ति श्रीमती समसा खातुनलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका- २ बस्ने वर्ष ३५ का हेमराज लिम्बूको मृत्यु दावीवापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बूलाई १३ लाखको चेक हस्तान्तरण भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आर्थिक वर्ष २०७८/०७९ लाई बीमा दावी भुक्तानी वर्ष घोषित गरेको छ । सोहीअनुरुप कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका सम्पूर्ण मृत्यु दावी फर्छ्योट गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *