कोरोना खोप अस्वीकार गरेका जोकोभिचले यूएस ओपन पनि गुमाउने सम्भावना – Nepal Press

कोरोना खोप अस्वीकार गरेका जोकोभिचले यूएस ओपन पनि गुमाउने सम्भावना

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिचले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन नखेल्ने सम्भावना बढेको छ ।

अमेरिका सरकारले कोरोनाविरुद्धको खोप नलगाएका विदेशी खेलाडीलाई प्रवेश निषेध लगाउने कुराको सम्मान गर्ने यूएस ओपन आयोजकले बताएसँगै जोकोभिचको अमेरिका यात्रा सम्भावना कम भएको हो ।

‘यूएस ओपनमा खेलाडीलाई खोप लगाउन अनिवार्य नियम छैन तर गैरनागरिकलाई अमेरिका प्रवेश गर्दा खोप लगाउनुपर्ने सरकारको नियमलाई हामी सम्मान गर्छौँ,’ यूएस ओपन आयोजकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अमेरिका प्रवेशका लागि अमेरिकन सरकारले गैरनागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरेको छ ।

खोप नलगाएका कारण जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन पनि गुमाएका थिए । खोप नलगाएका कारण उनलाई अस्ट्रेलिया सरकारले प्रतियोगिता सुरु हुने अघिल्लो दिन सविर्या फर्काइदिएको थियो ।

यूएस ओपन अगस्ट २९ देखि ११ सेप्टेम्बरसम्म न्यूयोर्कमा आयोजना हुँदैछ ।

जोकोभिचले यस बर्ष विम्बलडन च्याम्पियन बन्दै २१ औं ग्रान्डस्लाम जितेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर