नेप्सेमा झिनो अंकको गिरावट – Nepal Press

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै हरियो बनेको सेयर बजार बिहीबार भने झिनो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा अडिएको छ । २२५ कम्पनी सामेल भएको आजको बजारमा १ अर्ब ६४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ र अन्य समुह बाहेक सबै समुह ओरालो लागेका छन् ।

कारोबार रकममा १७ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित शिवम सिमेन्ट्स अग्रस्थानमा छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र नेपाल पुनर्बिमा कम्पनी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *