नेपालमा राजीनामा दिएका पुबुदु क्यानाडाको हेड कोच नियुक्त
नेपाल प्रेस
२०७९ साउन ४ गते १७:१८
काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायेके क्यानाडाको हेड कोच नियुक्त भएका छन् । क्रिकेट क्यानाडाको अफिसियल फेसबुक अकाउन्टमा सो जानकारी दिइएको हो ।
दासानायकेले आज पत्रकार सम्मेलन गर्दै नेपालको क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनले स्कटल्यान्डको टुरभन्दा अगाडि नै राजीनामा बुझाएको नेपाल क्रिकेट संघले जनाएको छ ।
दासानायेके श्रीलंकन मूलका क्यानेडियन हुन् । उनले यसअघि पनि क्यानाडाको प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर