विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ (सर्कुलरसहित) – Nepal Press

विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ (सर्कुलरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलरमात्र सटही सुविधा पाउने भएका छन् ।

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीवापत १५ सय डलरसम्म सटही सुविधा थियो ।

राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिनसक्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झण्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *