सिभिल बैंकका ग्राहकलाई मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट – Nepal Press

सिभिल बैंकका ग्राहकलाई मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब/बेड, रेडियोलोजी तथा अपरेशनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ ।

छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ ।

यसका साथै आगामी दिनहरुमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख के.सीले जनाएका छन् ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् ।

साथै बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *