‘पीपल डाँडे साइली’मा दीपाश्रीको जोडी प्रेमराजा (भिडिओसहित) – Nepal Press

‘पीपल डाँडे साइली’मा दीपाश्रीको जोडी प्रेमराजा (भिडिओसहित)

काठमाडौं । ट्री इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साइली’ रिलिज भएको छ । गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर रहेको सो गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् ।

‘बाँझो खेतमा’, ‘हिउँचुलीमा हिउँ’, ‘विदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताएका छन् । यो गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गर्ने उनको भनाइ छ।

दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जूना सुन्दास र सलिना खत्रीको नृत्य छ । भिडियोलाई दीपकले उत्कृष्ट तरिकाले छायांकन गरेका छन् ।

दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानीमा बनेको यो गीतमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

ट्री इन्टरटेन्मेन्टले बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरेको हो । कार्यक्रममा कलाकार दीपाश्री निरौलाले प्रेमराजा महतसँग पहिलो पटक सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *