युनाइटेडको तेस्रो जित – Nepal Press

युनाइटेडको तेस्रो जित

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलियामा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हराएको छ ।

मेलबर्नमा मंगलबार युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कोस रासफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे । क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।

प्रि सिजन टुरमा अष्ट्रेलिया रहेको युनाईटेडको यो लगातार तेस्रो जित हो । यस अघि युनाईटेडले लिभरपुललाई ४-० र मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर