क्रिकेटमा ‘एक्सक्युज’ हुँदैन, खेलाडीले आफ्नो जिम्मेवारी आफैँ लिनुपर्छः आसिफ सेख – Nepal Press

क्रिकेटमा ‘एक्सक्युज’ हुँदैन, खेलाडीले आफ्नो जिम्मेवारी आफैँ लिनुपर्छः आसिफ सेख

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर तथा विकेट किपर आसिफ शेखले क्रिकेट खेलमा कुनै ‘एक्सक्युज’ नहुने र आफ्नो जिम्मेवारी आफै लिनुपर्ने बताएका छन् ।

स्कटल्यान्डमा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृङखलामा तीन खेलमा पराजय व्यहोरेको नेपाली क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।

आसिफले स्कटल्यान्डबाट फर्किएसँगै एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिकृया दिएका हुन् ।

त्यस्तै, उनले नेपाली क्रिकेट टीममा प्रशिक्षककै कम्जोरी हो की भनेर सोधिएको प्रश्नमा प्रतिउत्तर गर्दै प्रशिक्षक भन्दा पनि टीमको ब्याटिङमा कमजाेरी भएको र सबैले टेक्निक र मनासाय सुधार गर्नुपर्ने बताए ।

‘हामीले ब्याटिङ टेक्निकमा काम गर्नुपर्छ । क्रिकेटमा ‘एक्सक्युज’ हुँदैन खेलाडी भएर आफ्नो जिम्मेवारी आफैँ लिनुपर्छ । टार्गेटहरु चेज हुन नसक्नुको कारण राम्रोसँग प्रशिक्षकलाई थाहा होला । तर जब हामी क्रमश एक/दुई खेलमा २५० भन्दा माथिको स्कोरहरु चेज गर्न थाल्छौँ भने त्यसको बानी पर्न थाल्दछ । हामी त्यसैमा चुकिरहेका छौं । एक दुई वटा खेलमा जब चेज गरेर जित्न थाल्छौं त्यो प्रक्रिया थाहा हुन्छ । कसरी चेज गर्ने, ओपनिङ कसरी गर्ने, मिडिल अडरमा कसरी खेल्ने । हामीलाई समग्रमा ज्ञान भएपछि सजिलो हुन्छ । समस्या हाम्रो ब्याटिङमा हो, हामी भित्र हो । जब हामी इम्प्रुभ गर्न थाल्छौं सबै कुरा राम्रो देखिन्छ । हामीले आफ्नो टेक्निक र माइन्डसेटमा इम्प्रुभ गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने ।

स्कटल्यान्ड भ्रमणमा नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको पराजय व्यहोरेको थियो ।

दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा नामिबियासँग ६३ रन र चौथो खेलमा स्कटल्यान्डसँग आठ विकेटले हारेको थियो ।

लिग–२ का ३६ मध्य २० खेल खेलको नेपाल आठ जित ११ हार र एक बराबरीको नतिजासहित १७ अंक जोडेर तालिकाको छैठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *