‘गोल्ड डिगर’ भन्नेहरुलाई सुस्मिताको भाईको जवाफ– मेरी दिदी एक सेल्फमेड लेडी हो – Nepal Press

‘गोल्ड डिगर’ भन्नेहरुलाई सुस्मिताको भाईको जवाफ– मेरी दिदी एक सेल्फमेड लेडी हो

काठमाडौं । सुस्मिता सेनका भाइ राजीव सेनले अन्ततः ललित मोदी र आफ्नो दिदी सुस्मिताको प्रेम सम्बन्धबारे मुख खोलेका छन् ।

आफूभन्दा केही वर्ष जेठो पार्टनर रोजेकाले हाल सुस्मिता जताततै ट्रोल र मिम्सको पात्र बनिरहँदा उनको भाईले बचाउ गरेका हुन् । पैसाको लागि बूढो मान्छे हेरेको भन्दै दर्शक तथा फ्यानहरुले उनलाई ‘गोल्ड डिगर’ को संज्ञासमेत दिइरहेका छन् ।

आफ्नो दिदीलाई ‘गोल्ड डिगर’ भनेर ट्याग दिनेहरुलाई राजीवले जवाफ दिए । एक सञ्चारमाध्यममा बोल्दै उनले सुस्मिता धरैको रोल मोडल मात्र नभएर एक जिम्मेवार आमा र एक सेल्फमेड महिला भएको कुरा व्यक्त गरे ।

‘मेरी दिदीको बारेमा ललित मोदीसँगको तस्विरलाई लिएर धेरै नकारात्मक कुराहरु भनिएको छ । म गर्वका साथ भन्न सक्छु कि मेरी दिदी एक स्व–निर्मित महिला हुन् । उहाँलाई आफ्नो प्राथमिकताहरू राम्रोसँग थाहा छ । उहाँ धेरै भारतीयहरूको लागि रोल मोडेल मात्र नभएर एक जिम्मेवार आमा पनि हुनुहुन्छ । कुनै पनि कुराले उहाँमा भएको गुण हटाउन सक्दैन । मेरी दिदीले जे भन्नु थियो, उहाँले आफ्नो इन्स्टाग्राम पोष्टहरू मार्फत प्रस्ट पारिसक्नुभयो’, राजीवले भने ।

आफ्नो बचाउमा बोलेतापनि सुस्मिताले भने भाई राजीवलाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । राजीव र उनकी पत्नी चारु असोपाको वैवाहिक सम्बन्धमा आएको मनमुटावको समयमा सुस्मिताले चारुको समर्थन गर्दै भाईलाई अनफलो गरेर चारुलाई फलो गरेकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *