एन्फाकाे स्थगित कार्यसमिति बैठक बिहीबार – Nepal Press

एन्फाकाे स्थगित कार्यसमिति बैठक बिहीबार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को सोमबार स्थगित कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ ।

मंगलबार तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी परेपछि स्थगित भएको थियो । स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने एन्फाले जानकारी दिएको छ ।

साधारणसभाले गत ६ असारमा नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो ।

तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।

एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर