पारिश्रमिक विवादले रोकिएको ‘प्रसाद २’ को पुनः छायांकन हुने – Nepal Press

पारिश्रमिक विवादले रोकिएको ‘प्रसाद २’ को पुनः छायांकन हुने

काठमाडौं । विवादका कारण छायांकन रोकिएको चलचित्र ‘प्रसाद २’ को पुनः छायांकन हुने भएको छ ।

सुवास थापा प्रोडक्सनसँग कुरा नमिलेपछि निर्माण टिमले नयाँ कम्पनीसँग सम्झौता गरेर फिल्मलाई अगाडि बढाउन आँटेको हो । हाल फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीलाई प्रदान गरिएको छ ।

छायांकनको लागि तयार भएर कास्कीको ल्वाङ गाउँ पुगेको सम्पूर्ण टिम पारिश्रमिक विवाद सृजना भएपछि फर्किनुपरेको थियो ।

अन्त्यमा कुरा नमिलेर फर्किनुपर्दा निर्माण टिमलाई भने ठूलो घाटा लागेको थियो । त्यही बेला रोकिएको छायांकन पुनः एकपटक हुन लागेको हो ।

चलचित्र ‘प्रसाद २’ को पहिलो संस्करणलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए जसले बक्स अफिस र दर्शकमाझ राम्रो छाप छोडेको थियो ।

‘प्रसाद २’ लाई भने सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, राज कटुवाल र अर्पण थापाको मुख्य भूमिका रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *