कोरियन प्यानल कम्पनीले टिकटक प्रतियोगिता गर्ने, प्रथमलाई डेढ लाख – Nepal Press

कोरियन प्यानल कम्पनीले टिकटक प्रतियोगिता गर्ने, प्रथमलाई डेढ लाख

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगितामा साउन ६ गतेदेखि भदौ ६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ । पहिलो बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रति व्यक्ति एक लाख नगद रुपैयाँ पाउनेछन् ।

त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्ति ७५ हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिव्यक्ति ४० हजार र पाचौं (पाँच जना) प्रतिव्यक्ति ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

भदौ १० गते पुरस्कार वितरण गरिनेछ भने भिडिओ सिर्जनात्मक र सभ्य हुनुपर्नेछ ।

महाप्रबन्धक साहले नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले व्यहोर्नु पर्ने बताए । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ ।

नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *