नेपहपको श्रीपेचका विजेतालाई पहिर्‍याइयो नयाँ मुकुट – Nepal Press

नेपहपको श्रीपेचका विजेतालाई पहिर्‍याइयो नयाँ मुकुट

काठमाडौं । नेपालको पहिलो र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई आयोजकले नयाँ मुकुट पहिर्‍याएको छ ।

यसअघि कार्यक्रमको फाइनलमा लगाइदिएको मुकुट विवादित बनेपछि आयोजकले बुद्धिष्ट अभियन्तालाई सो मुकुट हस्तान्तरण गरेको थियो ।

आज आयोजित कार्यक्रममा काठमाडौंका मेयर तथा रियालिटी शोका निर्णायक बालेन्द्र साहको उपस्थितिमा नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई नयाँ मुकुट दिइएको हो । भाइबरले नयाँ मुकुट लगाउन पाएकोमा खुशी व्यक्त गरे ।

यसअघि ‘नेपहपको श्रीपेच’ मा नगरप्रमुख बालेन साहले विजेता भाइवर साइमनलाई लगााईदिएको श्रीपेचमाथि बुद्धिष्ट अभियन्ताले आपत्ति जनाएका थिए ।

पञ्चबुद्धको मूर्ति भएको बौद्ध धर्मावलम्बीहरुको पवित्र मुकुट कार्यक्रममा दुरुपयोग भएको भन्दै आवाज उठेपछि मुकुट फिर्ता गरिएको थियो ।

अहिले फरक डिजाइनको मुकुट बनाएर भाइबरलाई प्रदा नगरिएको हो ।

आजको कार्यक्रममा उपस्थित भएका मेयर साहले मन्तव्य भने राखेनन् । उनी केहीबेर बसेर कार्यव्यस्तताको कारण देखाउँदै हिँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *