सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राख्ने – Nepal Press

सविन श्रेष्ठले काठमाडौंका सार्वजनिक शौचालयमा स्यानिटरी प्याड राख्ने

काठमाडौं । कुनै समयका चलचित्रका चर्चित अभिनेता सविन श्रेष्ठ आजकाल चलचित्रमा खासै सक्रिय छैनन् । आफ्नै व्यवसाय र नायिका अनु शाहसँग प्रेममा व्यस्त रहेका उनले अब सामाजिक कार्यमा पनि चासो दिन थालेका छन् ।
सविनले आइतबार सामाजिक सञ्जालमार्फत एउटा नयाँ योजना अघि सार्दै सामाजिक सेवातर्फ हात लम्काएका हुन् । उनले काठमाडौंका विभिन्न सार्वजनिक शौचालयमा महिलाले प्रयोग गर्ने महिनावारी प्याड वा सेनिटरी प्याड निशूल्क प्रयोगका लागि राखिदिने घोषणा गरेका छन् ।
राष्ट्रिय सभागृह, भूगोल पार्क, गाेगंबु बसपार्क, गौशाला र नयाँ वानेश्वरमा भएका महिला शौचालयमा स्यानिटारी प्याड राख्ने सविनको योजना छ । यसबाट कमजोर आर्थिक अवस्था भएका र आपत्कालीन समस्यामा परेका महिला दिदीबहिनीहरुलाई सुविधा मिल्ने उनको विश्वास छ ।
उनी लेख्छन, ‘यसो गर्दा सामाजिक काम देखाएर हिरो बन्न खोजेको भन्ने पनि आरोप तथा राम्रो नराम्रो कमेन्ट आउन सक्छ । ल हो, मैले माने म यस्तो काम गरेर हिरो नै बन्न खोजेको रे । अब तपाईको पनि पालो हिरो बन्ने ।’ सबिनले सो कार्य गर्नुअघि काठमाडौ महानगरपालिकासँग पनि अनुमति र सल्लाह लिने भन्दै मेयर बालेन्द्र साहलाई मेन्सन गरेका छन् ।
चलचित्रकाे कुरा गर्दा सविन एउटा फरक खालकाे कथावस्तुकाे प्रतिक्षामा छन् । साथै आफैं फिल्म बनाउनका लागि स्क्रिप्टमा काम गरिरहेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *