नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा – Nepal Press

नेपाल टी २० लिगको ६ मध्ये चार टिम र मालिक घोषणा

 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ ।

सोमबार काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो ।

जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेका छन् । प्रतियोगिता आयोजनाको लागि क्यानले कमर्सियल पार्टनरमा सेभेन थ्री स्पोर्टस् रोजेको छ ।

प्रतियोगिताका लागि कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किंग्स र जनकपुर रोयल्स गरि चार टोलीको मात्र घोषणा भएको हो ।

जसअन्तर्गत कान्तिपुर क्यापिटलका मालिकमा महेश्वर स्वार (नेपाल), लुम्बिनीको सञ्जय शर्मा (अमेरिका), विराटनगरको बिक्रम यादव (भारत) र जनकपुरका गौरीशंकर धामनी (भारत) रहेका छन् ।

क्यानले केही दिनमै सहभागी अन्य दुई फ्रेन्चाइज टोलीको घोषणा गर्ने जनाएको छ । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद ९रापेख० र आईसिसीले मान्यता दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर