९० दिनको सीसीटीभी फुटेज सुरक्षित राखेपछि मात्रै धुलाउन पाइन्छ झुत्रा नोट – Nepal Press

९० दिनको सीसीटीभी फुटेज सुरक्षित राखेपछि मात्रै धुलाउन पाइन्छ झुत्रा नोट

काठमाडौं । राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०७८ जारी गरेको छ । नियमावली अहिले सार्वजनिक भएको हो ।

नियमावलीअनुसार नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुलाउने मेशिन वा फर्नेश रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृश्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।

यसअघि पुराना नोट जलाएर खरानी पारिने गरेकोमा अब ती नोटको ब्रिकेट बनाइ बेच्ने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । दैनिक २०० केजीसम्म नोट कटिङ गरी ब्रिकेट बनाउँदै आएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।

यो काम हप्ताको पाँच दिन हुन्छ । जफत गरिएको जाली तथा नक्कली नोट, झुत्रा तथा चलनचल्तीमा ल्याउन अयोग्य नोटको कटिङ गरिन्छ । यस्ता नोटहरु केन्द्रीय बैंकको कार्यालय, शाखा कार्यालय तथा वािणज्य बैंकहरुले पायक पर्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा जम्मा गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *