साबित्रा भण्डारीले भारतीय क्लब केरेलाबाट खेल्ने – Nepal Press

साबित्रा भण्डारीले भारतीय क्लब केरेलाबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् ।

नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो ।

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी साबित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्नेछिन ।

सन् २०२० सिजन साबित्राले गोकुलमबाट लिग उपाधी जितेकी थिइन् । त्यस अघि साबित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधी जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर