८ महिनामा गर्न नसकेको खर्च असारमै – Nepal Press
महालेखा प्रतिवेदन

८ महिनामा गर्न नसकेको खर्च असारमै

काठमाडौं । असार मसान्त लागेसँगै बजेट सक्ने चटारो यसपटक पनि देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने असार ३२ गतेसम्म १२ खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ बजेट खर्च भएको छ । यो प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटको ७९.३९ प्रतिशत हुन जान्छ ।

तर, पछि खर्च हुन नसक्ने देखेर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रूपैयाँको बजेटको आकारलाई घटाएर १५ खर्ब ४६ अर्बमा झारेका थिए । ९० प्रतिशत भन्दा बढी चालु खर्च गरेको सरकारले ५७.२३ प्रतिशतमात्र पुँजीगत खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षको ८ महिनामा पनि खर्च गर्न नसकेको सरकारले एक महिनामा नै खर्च गरेको छ ।

असारमा मात्र ७७ अर्ब ५४ करोड ५१ लाख रूपैयाँ पुजीगत खर्च भएको महालेखाले जनाएको छ । यसपटक सरकारले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने नीति लिए पनि यो नीतिमा सरकार असफल देखियो । ।

आम्दानी ११ खर्ब

सरकारले आर्थिक वर्ष २०७८/७९ मा १२ खर्ब ४० अर्ब रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा ११ खर्ब ३४ अर्ब ७१ करोड आम्दानी गरेको छ । सरकारी आयव्ययको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्वबाट १० खर्ब ६७ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट १८ अर्ब २९ करोड रुपैयाँ र अन्यबाट ४८ अर्ब ४५ करोड रूपैयाँ आम्दानी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *