आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से – Nepal Press

आर्थिक वर्षको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९/८० को पहिलो दिन आज सेयर बजार झिनो अंकले वृद्धि भएको छ । सेयर बजार १.९३ अंकले वृद्धि हुँदा नेप्से परिसूचक २०११.३९ अंकमा पुगेको हो ।

आज १ अर्ब २३ करोड २४ लाखभन्दा धेरैको कारोबार भयो । २ सय १० वटा कम्पनीका ३० लाख ४५ हजार ८ सय ८९ कित्ता सेयर आज खरिद बिक्री भएको हो ।

आज सबैभन्दा बढी अपर तामाकोशीको ६ करोड ४ लाख ६६ हजारभन्दा धेरै सेयर कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर ५.४८ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *