स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्यविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

टिटउड क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलमा नेपाल सुखद अन्त्यको लक्षसहित मैदान उत्रिने छ ।

श्रृङखलाका तीन खेल जित्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिने लक्ष्य सहित स्कटल्यान्ड भ्रमणमा रहेको नेपाल चार मध्य दुई खेलमा पराजित भएको छ ।

पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । शनिबार भएको तेस्रो खेलमा खराब ब्याटिङले निरन्तरता पाउँदा नामिबियासँग ६३ रनले हारेको थियो ।

आजको खेलका लागि नेपालले टीममा तीन परिवर्तन गरेको छ । बसिर अहमद, मोहमद आदिल अलाम र पवन सर्राफलाई बेन्चमा राख्दै विनोद भण्डारी, करण केसी र किसोर महत्तोलाई टिममा समेटिएको छ ।

नेपालका प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, किसोर महत्तो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर