नेपालले आज नामिबियाको सामना गर्दै – Nepal Press

नेपालले आज नामिबियाको सामना गर्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।

आज शनिबार तेस्रो खेल अन्तर्गत नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।  सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर