स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, ३३ रनमै ५ विकेट झर्‍यो – Nepal Press

स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, ३३ रनमै ५ विकेट झर्‍यो

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीसँग अहिले भइरहेको खेलमा नेपालले शानदार बलिङ प्रदर्शन गरेको छ।

टस जितेर पहिला बलिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले ३३ रन जोड्दा ५ विकेट गुमाएको छ।

ताजा अवस्थामा स्कटल्यान्डले १३ ओभरमा ५ विकेट गुमाएर ४० रन जोडेको छ। नेपालका सोमपाल कामीले तीन तथा करण केसी र मोहम्मद आदिल आलमले एक एक विकेट लिए।

स्कटल्यान्डको २१ खेलबाट ३० र नेपालको १७ खेलबाट १५ अंक रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर