सेन्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता – Nepal Press

सेन्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरूले क्युआर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरूले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् सेन्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरूले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधीनमा रही क्युआर मार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई थप सुविधा प्राप्त हुनेछ ।

मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

उक्त सम्झौता पत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबन्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *