बलियो स्कटल्यान्डसँग भिड्दै नेपाल, डर ब्याटिङमै – Nepal Press

बलियो स्कटल्यान्डसँग भिड्दै नेपाल, डर ब्याटिङमै

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ।

यसअघि पहिलो खेलमा नेपालले नामिबियासँग ४० रनको हार ब्यहोरेको थियो। २ सय २१ रनको लक्ष्य पछ्याएको नेपाली टोली एक सय ८० रनमा समेटिएपछि ब्याटिङ समस्या फेरी एकपटक दोहोरिएको थियो।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डसँग पहिलोपटक खेल्न लागेको हो। विश्वकप लिग-२ मा स्कटल्यान्डले राम्रो प्रदर्शन गरिरहेको छ। २१ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ। सात टोली सहभागी प्रतियोगितामा ओमान ३६ खेलबाट ४४ अंक जोड्दै शीर्षस्थानमा छ।

नेपाल १७ खेलबाट १५ अंक जोड्दै छैटौँ स्थानमा छ। तालिकाको शीर्ष तीन टोली विश्वकपको विश्वस्तरको छनोटमा सोझै पुग्नेछन्। अन्तिम चार टोलीले विश्वकपको विश्वस्तरको छनोट पुग्ने ६ टोली सहभागी हुने प्ले अफमा प्रतिस्पर्धा गर्नुपर्ने छ। प्ले अफबाट २ टोली विश्वकप छनोटमा पुग्नेछन्।

स्कटल्यान्डले हालसम्म तीनपटक एकदिवशीय विश्वकप र चारपटक टी-२० विश्वकप खेलेको छ। पछिल्लोपटक सन् २०१५ मा एकदिवशीय र २०२१ मा टी-२० विश्वकप खेलेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर