सार्वजनिक गाडीको भाडा बढ्यो – Nepal Press

सार्वजनिक गाडीको भाडा बढ्यो

काठमाडौं । आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *