सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपनि इङ्ल्यान्डसँग हार्‍यो भारत – Nepal Press

सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपनि इङ्ल्यान्डसँग हार्‍यो भारत

काठमाडाैं। अन्तिम  टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ ।

पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो। इङ्ल्यान्डका दाविद मलानले ७७, लियाम लिभिस्टङले ४२ र जेसन रोयले २७ रन बनाएका थिए।

भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ९८ रन मात्र जोड्न सक्यो। सूर्यकुमार यादवले एक सय १७ रन जोडेपनि हार टार्न सकेनन्।

उनले ५५ बलमा ६ छक्का र १४ चौका प्रहार गरेका थिए। श्रेयस अयरले २८ तथा रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाए। रिसभ पन्तले १, दिनेश कात्तिकले ६ र रविन्द्र जडेजाले ७ रन बनाए। इङ्ल्यान्डका रीस टोप्लीले ३ तथा डेभिड विली र क्रिस जोर्डनले २/२ विकेट हात पारे।

यसअघि अघिल्ला लगातार दुई खेल जितेर भारतले शृंखला हात पार्ने पक्का गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर