विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै – Nepal Press

विश्वकप लिग-२ मा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले सोमबार नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।

नेपाल १६ खेलबाट १५ अंक जोडेर सात टोलीमध्ये पाँचौं स्थानमा छ । १४ खेलबाट १४ अंक भएको नामिबिया छैटौं स्थानमा छ ।तालिकामा स्कटल्यान्ड २० खेलबाट २८ अंक जोडेर सात टोलीमध्ये दोस्रोमा छ । सबै खेल खेलिसकेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

यूएईको २२ खेलबाट २६ र अमेरिकाको २४ खेलबाट २३ अंक छ। पुछारमा रहेको पीएनजीको २० खेलबाट २ अंक छ । तालिकाको शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् ।

विश्वकप लिग-२ मा नेपालले नामिबियासँग पहिलोपटक खेल्न लागेको हो।जारी शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियाले आइतबार स्कटल्यान्डसँग ७७ रनको हार ब्यहोरेको थियो। २ सय ५९ रनको लक्ष्य पछ्याएको नामिबिया एक सय ८१ रनमा समेटिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर