एनआईसी एसिया बैंकमा खाता भएका ३ जनाले पाए ३० लाख बीमा रकम भुक्तानी – Nepal Press

एनआईसी एसिया बैंकमा खाता भएका ३ जनाले पाए ३० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एसिया बैंक खाता भएका ३ जनाले पाए ३० लाख बीमा रकम भुक्तानी पाएका छन् । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेहरु यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलका प्रचण्डजंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकासञ्जित तामाङ हुन् ।

बीमा रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा वितरण गरेका हुन् । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *