महिला र पुरुष फुटबलको तुलना नगर्न समर्थकहरुलाई निकिता पेरिसको आग्रह – Nepal Press

महिला र पुरुष फुटबलको तुलना नगर्न समर्थकहरुलाई निकिता पेरिसको आग्रह

काठमाडौं । इङल्यान्ड राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड निकिता पेरिसले समर्थकहरुलाई पुरुष र महिला फुटबललाई तुलना नगर्न आग्रह गरेकी छिन् ।

हाल महिला युरो २०२२ चलिरहेका बेला उनले समर्थकहरुलाई सोआग्रह गरेकी हुन् ।

बुधबार ओल्ड ट्राफेर्डमा भएको इङल्यान्ड र अस्ट्रियाबीचको खेलमा २८ वर्षीया पेरिस वैकल्पीक खेलाडीको रुपमा थिइन् ।

इङल्यान्डले अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित गरेको खेलमा उनले मैदान उत्रिने मौका भने पाइनन् ।

इङल्यान्डले आयोजना गरेको महिला युरोको अवलोकन गर्दै उनले महिला र पुरुषको खेलको तुलना गर्न बन्द गरेर खेलको आनन्द लिन आह्वान गरेकी हुन् ।

‘मानिसहरुले पुरुष र महिलाको खेललाई प्रत्यक्ष रुपमा तुलना गरेको देख्दा मलाई सबैभन्दा निराशाजनक लाग्छ । उनीहरु यो किन बुझ्दैनन् की महिला र पुरुष शारीरिक, भावनात्मक र मानसिक रुपमा धेरै फरक हुन्छन्,’ उनले भनिन् ।

‘मेरो लागि पुरुषको खेलसँग तुलना गरेर महिलाको खेल ढिलो छ भनेको सुन्नुनै वास्तविक निराशा हो । मान्छेहरु प्रत्यक्ष रुपमा तुलना गर्न थाल्छन् तर महिलाहरुले पनि खेलीरहेका छन् । खेलाडी उत्पादन गरिरहेका छन् भन्ने सुन्दर पक्ष कहिल्यै देख्दैनन्,’ उनले थपिन् ।

‘अर्को तर्क भनेको तलबको बारेमा हो । पुरुष फुटबलमा जती लगानी महिला फुटबलमा छैन महिला फुटबलले पुरुष फुटबलको जति कमाउँदैन त्यो सत्य हो तर महिला फुटबल पुरुषभन्दा ५० वर्ष ढिला पनि त सुरु भएको हो नी,’ पेरिसले एक पोडकास्टमा बताएकी छिन् ।

महिला फुटबललाई विकास हुन दिनुपर्छ महिला हरुको खेलको गुणस्तर पुरुषको भन्दा धेरै माथि रहेको पेरिसको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर